काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीबीच रजिष्ट्रर सेवा उपलब्ध गराउने बारे सम्झौता भएको हो ।
बार्षिक ११ प्रतिशत ब्याजदर भएको ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यको १० लाख कित्ताले हुन आउने १ अर्ब बराबरको ११ महालक्ष्मी डिबेन्चर, २०८९ का लागि रजिष्ट्रर सेवा उपलब्ध गराउन सम्झौता भएको छ ।
डिबेन्चर रजिष्ट्रार सेवा अन्तर्गत बाँडफाँडमा ऋणपत्र पर्न सफल भएका लगानीकर्ताहरुको ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको ऋणपत्रहरुको अभिलेख राख्ने, दाखिला खारेज गर्ने, ऋणपत्रधनीहरुकोलगत अध्यावधिक गरि राख्ने लगायतका रजिष्ट्रर सम्बन्धी सम्पूर्ण कार्यहरु असार ५ गतेदेखि एनआईसी एशिया क्यापिटल मार्फत हुने कम्पनीले जनाएको छ ।








