काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष चयन प्रक्रियाका लागि यस अगाडि समेत  अनुपस्थित रहेका ३ जना प्रतिस्पर्धीले दोस्रो पटक अन्तर्वार्तामामा समेत सहभागिता जनाएका छैनन् ।

उनीहरूको दोस्रो पटकको अनुपस्थितीले नेतृत्व चयन प्रक्रिया थप अन्योलमा परेको छ । अन्तर्वार्ताका लागि छानिएका ५ जनामध्ये ३ जनाले दोस्रो पटक प्रस्तुति दोस्रो पटक बहिस्कार गरेका छन् । यससँगै कानुनी व्यवस्थाअनुसार अघि बढ्ने गरी छानबिन समितिले तयारी गरेको छ ।

यसअघि असार २ गतेका लागि कार्यपत्र प्रस्तुतिका लागि सर्टलिस्टमा परेका ५ जनालाई बोलाइएको थियो । सो कार्यपत्र प्रस्तुतिका क्रममा २ जना मात्र उपस्थित बनेका थिए । ३ जना अनुपस्थित नबनेपछि आज बुधवारका लागि पुनः समय तोकिएको थियो ।

आज ९ बजेलाई बोलाइएको अन्तरवार्तामा समेत कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र नवराज अधिकारी अनुपस्थित बनेका हुन् । २ गते अन्तरवार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ उपस्थित बनेका थिए । मन्त्रीपरिषद्को बैठकमा ५ जनामध्येबाट ३ जनाको नाम छानेर सिफारिस गर्नुपर्ने हुन्छ ।