काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्यमा स्थिर रहेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज दोस्रो दिन समेत स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहदै प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।