काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ ।निरन्तर तीन कारोबारका दिन ओरालिएको शेयर बजारमा आज ब्रेक लागेको छ ।

बुधवार बजार २.२७ अंकले बढेर २०७८ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ ।

आजै १०४ कम्पनीको शेयरमूल्य घटेको छ । आज बजारमा सुधार आउँदा ६ वटा उपसूचकमा हरियाली छाएको छ । बुधबार बैंकिङ्ग, माइक्रोफाइनान्स, ननलाइफ लगायतका उपसूचकहरुमा हरियाली छाएको हो । उक्त दिन नेपाल फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।