काठमाडौँ। धितोपत्र बोर्ड अध्यक्ष चयन प्रक्रिया थप अन्योलमा पर्दै गएको छ । बुधवार झाससम्म रिजल्ट आउने गरी प्रक्रिया अगाडि बढेको भनिए पनि हालसम्म उक्त विषय समाधानको लयमा जान सकिरहेको छैन ।

बोर्डको अध्यक्ष सिफारिसबारे गठित समितिले अब महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको छ। समितिको बैठकले महान्यायाधिवक्ता कार्यालयबाट अध्यक्ष सिफारिसबारे लिखित सुझाव माग गर्ने निर्णय गरेको हो ।

प्रक्रिया नै रद्द गरेर नयाँ थाल्ने वा दुई जनाको नाम सिफारिस गर्ने भन्ने अन्योलको बिचमा  अंकका आधारमा ३ जनाको नाम सिफारिस गर्नेबारे महान्यायाधिवक्ताको कार्यालयले दिएको सुझाव अनुसार समितिले निर्णय गर्ने भएको छ ।

अध्यक्षका लागि सर्टलिस्टमा परेका ३ उम्मेदवारले अन्तर्वार्ता नै नदिएपछि सिफारिस समितिमा अन्योलता आएको हो । बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नै पर्ने धितो पत्र सम्बन्धी ऐनमा उल्लेख छ।

सर्टलिस्टमा परेका अध्यक्षका उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले आइतबार कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ता दिए पनि बाँकी ३ जना बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ बुधवार समेत अनुपस्थित रहेको थिए ।