काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असार २९ गते शनिवारका १८औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहानको ११ बजे सभा गर्ने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखा परीक्षकको प्रतिवेदन,वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ ।

बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रयोजनका लागि आवश्यक प्रक्रिया अघि बढाउने र सञ्चालक समितिलाई अख्यिारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयाजनार्थ बैंकले असार १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा असार १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनी मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।