काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । पछिल्लो पटक इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार हवाईतर्फको मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको हो ।
योसँगै निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको छ ।
यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा समेत साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (करिब २६ रुपैयाँ प्रति लिटर) ले घटेको निगमले जनाएको छ ।
घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।