काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज असार ६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन सक्नेछन् ।
कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थको लागि भोलि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा यही असार १५ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको कालिकास्थान अमृतभोगमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।