काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ।

नेप्सेमा कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन भएको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

समायोजनपश्चात् कम्पनीको शेयर मूल्य १४८ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो।