काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेका ७ पदहरुमा कर्मचारी माग गरेको छ ।

कम्पनीले चिफ मार्केटिङ अफिसरमा १ जना, हेड रिस्क डिपार्टमेन्टमा १ जना, सेमि क्वालिफाइड सिएमा केही संख्याले कर्मचारी माग गरेको छ ।

त्यस्तै, इन्स्योरेन्सले लिगल अफिसरमा १ जना, आईटी एक्सक्युटीभमा केही संख्या, डिजिटल मार्केटिङमा १ जना र सातै प्रदेशमा ब्रान्च म्यानेजरहरुको लागि रोजगारको अवसर खुलाएको छ ।

सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । साथै अनुभवि, क्षमतावान तथा नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले असार २० गतेसम्म कम्पनीको वेभसाइट https://imelifeinsurance.com/Careers.aspx मार्फत आवेदन दिन सक्ने छन् ।