काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनियाँ पाहुनाहरू नेपाल आउँदा भान्जा–भान्जी आएको जस्तो लाग्ने गरेको बताएका छन् । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री किराँतीले चिनियाँ नागरिक नेपाल आउँदा भान्जाभान्जी आएको जस्तो लाग्ने गरेको बताउँदै यो सम्बन्धलाई अझै बिस्तार र सुदृढ बनाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै उनले भने ‘अत्यन्तै नजिकको नाता जस्तो लाग्छ, भृकुटी हाम्रो चेली भएको भएर होला हामीलाई चिनियाँ पाहुना नेपाल आउँदा भान्जा भान्जी आएको जस्तो लाग्छ ।’
मन्त्री किरातीले, ‘के तपाईंहरुलाई मामाघर आएको जस्तो लाग्दैन ?’ भन्दै प्रश्न समेत गरे ।
उनले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको पनि बताए । उनले नेपाल र चीनबीचको सम्बन्धनको सुरुवात १५ सय वर्षअघिदेखि भएको बताए । मन्त्री किरातीले नेपालसँगको सम्बन्ध राम्रो बनाउनका लागि राजा अंशुवर्माको छोरी भृकुटीसँग चीनसँग सम्बन्ध भएको बताए ।
नेपाल र चीनबीचको सम्बन्धन सम्बन्धको सुरुवात इतिहासमा १५ सय वर्षदेखि हुँदै आएको उनले बताए । उनले भने, ‘इतिहासको १५ सय वर्षअघि तिब्बतको राजा र त्यहाँको मान्यता अनुसार छिमेकी बलियो भयो भनेमात्र आफू बलियो हुन्छ भनिन्थ्यो। त्यही मान्यताअनुरुप हामी प्रतिवद्ध छौं।’