काठमाडौँ । बङ्गलादेशमा भएको रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्थाको विरोध प्रदर्शनमा ६ जनाको ज्यान गएको छ ।

विरोध प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको बिबिसीले जनाएको छ । बङ्गलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ ।

सन् १९७१ मा बङ्गलादेशमा स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो । आरक्षण प्रणालीले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका बच्चाहरूलाई अनुचित रूपमा फाइदा पुर्‍याएको देखिन्छ।

शेख हसिना गएको जनवरी महिनामा भएको चुनावमा जित हासिल गर्दै  लगातार चौथो पटक प्रधानमन्त्रीमा विजयी भएका थिए । उनी बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन्। बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ । एजेन्सीको सहयोगमा