काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) की शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । मेयर शाहको पछिल्ला कार्यशैली तथा उनका निर्णयप्रति असहमति राख्दै उनले पदबाट राजीनामा दिएकी हुन् ।
शाहले आफू मेयरमा नियुक्त हुनेबित्तिकै उनलाई सल्लाहकार नियुक्त गरेका थिए ।
अर्यालले मेयर शाहको पछिल्ला कार्यशैलीहरुमा असहमति जनाएर राजीनामा दिएको बुझिएको छ ।
शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियाहरु लगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको उनले सचिवालयमा जानकारी गराएकी छिन् ।








