काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ को विन्दुमा कायम भएको छ । आज ४५ कम्पनीको शेयर मुल्य बढेको छ भने १७९ कम्पनीको शेयर मुल्य घटेको छ ।

त्यस्तै, आज २७१ सूचीकृत कम्पनीको ८३ लाख ५ हजार ४सय १६ कित्ता शेयर खरिदबिक्रि हुँदा कुल ३ करोड ४९ अर्ब ८ लाख १६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज सबैभन्दा बढी शिवम् सिमेन्टसको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन २३ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज पनि सिटी होटलको शेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज सोल्टी होटल, बिपिडब्लु लघुवित्त, इङ्वा हाइड्रोपावर, एनआइविएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।