काठमाडौं । साताको दोस्रो कारोबारका दिन शेयर बजारमा सामान्य अंकले बढोत्तरी भएको छ । निरन्त रुपमाउकालो लागेको शेयर बजारको यात्रा अझैसम्म कायम रहेको छ । बजारमा दिनभर उतारचढाव आएको हो ।

मौद्रिक नीतिको अपेक्षामा रहेका लगानीकर्ताले नीतिगत सुधार मौद्रिक नीतिबाट हुन सके बजारले नयाँ उचाई कायम राख्नेमा विश्वास राखिरहेका छन् । बैकको ब्याजदर निरन्तर ओरालो लाग्नु , कर्जाको माग समेत बढ्दै जानु र अर्थतन्त्र समेत लयमा फर्किएकोकारण लगानीकर्तामा उत्साह थपिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१५ अकंले बढेर २४८८.०९ बिन्दुमा बन्द भएको हो । यसदिन ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार सात समूहमा हरियाली आएको छ । आज फाइनान्सको ०.७१ प्रतिशत, हाइड्रोपावर समूहको १.७४ प्रतिशत, जीवन बीमा समूहको ०.०१ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.७८ , व्यापार समूहको १.४३ प्रतिशतसहित ७ समूहमा हरियाली आएको छ ।

उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ९३ लाख ४८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ३४ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।