काठमाडौँ। नेपाली बजारमा दैनिक रूपमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मङ्गलवार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।