काठमाडौं । हिमालयन बैंकले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले २१ लाख ८६ हजार कित्ता शेयर बिक्री गर्ने भएको हाे ।

बैंककका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपछि बैंकले सो शेयर बिक्रीमा ल्याएको हाे ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिकाे ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साे मितिमा संस्थापक शेयरधनीहरु कुनै निवेदन प्राप्त नभएमा उक्त शेयर अन्य संस्था वा व्यक्तिलाई बिक्री प्रक्रिया अगाडि बढाईने बैंकले जनाएकाे छ ।