काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा रास्वपाको गरेको पहिलो बार्षिकोत्सवको दिन पूर्वबैंकर शाह पार्टीमा प्रवेश गरेका हुन् ।

साथै उनलाई पार्टीले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सहित दिएको छ ।

रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।

रवि लामिछानेको नेतृत्वमा गत असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको थियो ।