काठमाडौँ । पछिल्लो १ महिनाको अवधिमा शेयर बजार दैनिक रूपमा बढिरहेको छ । संसद्का दुई ठुला राजनीतिक दल एमाले र काँग्रेस मिलेर सत्ता साझेदारीको सम्झौता गरेसँगै बढ्न थालेको शेयर बजारले निरन्तर गति लिइरहेको छ । कारोबार रकमले आजसम्मकै रेकर्ड तोडेर नयाँ कीर्तिमानी कायम गरेको छ।
शेयर बजारमा रौनक छाउँदै गर्दा आम लगानीकर्ताको एउटा साझा प्रश्न बनेको छ आगामी यात्रा कस्तो हुन्छ रु वा शेयर बजारमा पछिल्लो समय आएको हरियाली कति दीर्घकालीन छ भन्ने । यहीँ प्रश्न आर्थिक भ्वाईसले अर्थविद् दीपेन्द्र बहादुर क्षेत्रीलाई सोधेका छौ । प्रस्तुत छ अर्थविद् क्षेत्रीको जवाफ
यति बेला सामाजिक सञ्जाल देखि साना ठुला मिडियाले शेयर बजारले रेकर्ड कायम गर्यो भनेर लेखिरहेको देखिन्छ तर म यो विषयलाई मान्न कत्तिपनी तयार छैन । किनभने ३५ सयको बिन्दु नकट्दैमा यो भन्नु लगानीकर्तामा भ्रम सृजना गर्नु हो ।अर्थ मन्त्रालय प्रधानमन्त्रीदेखि गभर्नरसम्म सबै कुर्लिँदै गर्दा समेत ३५ सयको बिन्दु कायम गर्न सकेको अवस्था छैन अनि कसरी मान्न सकिन्छ कि यसले नयाँ रेकर्ड बनायो भनेर ।
अर्को विषय हाल लगानीकर्तामा जून क्षणिक खुशी देखिएको छ यसले समेत मलाई सोच मग्न बनाएको छ । सत्यताबाट बाहिरिएर क्षणिक रूपमा हामी कति दिन मुस्कुराउनुपर्ने हो मलाई नै थाहा छैन । किनकि आज शेयर बजारमा जसरी साउन भदौको झैँ हरियाली लागेको छ यो असाध्यै क्षणिक र अल्पकालीन हो ।
यहाँ भ्रम छर्ने बाहेक केही काम भएको छैन । हाल शेयर बजार बढेको जस्तो देखाएको हो वास्तवमा बढेको मान्न सकिन्न यहाँ त लगानीकर्तालाई विच्चलीत नहुन भनेर एउटा लालसा देखाएको मात्रै हो यो साँच्चिकै बढेको हो भने त्यो बेला मान्न सकिन्छ जून बेला आजको पाँच सात महिनापछि पनि बजारको हरियाली र रफ्तार अहिलेजस्तो देखिन पाइन्छ ।
बैंकहरुले पनि आफू घाटामा गएर लगानी खनाउने भन्ने नै हुदैन् यो त एउटा खेल मात्रै नै हो तत्काल राष्ट्रबैक आफैले खारेज गरेको २० करोड वाला क्याप हटाउने विषयमा प्रस्ट देखिएन । हो म त भन्छु यो चुरीफुरी केवल एक महिनालाई हो त्यसपछि यो जरुर पोखिने वाला छ । स्खलित हुने वाला छ । स्खलित हुनु भनेकै पोखिनु वा रित्तिनु हो यसको यात्रा पनि त्यहीसम्म हो यसमा कुनै शंका छ जस्तो लाग्दैन ।
बैंकले पनि यस क्षेत्रमा कतिसम्म लगानीको लागि तयार हुने भन्ने एउटा निश्चित क्याप त छ नै । सेयर धितो कर्जाको २० करोडको सीमा खारेज हुदैमा सबैतिर बाट उपयुक्त वातावरण बन्यो भन्ने बुझाई गलत हो ।यसको कार्यान्वयन हुन्छ हुँदैन भन्ने विषय अहिले नै अन्योलमा देखा परेको छ ।
लगानीकर्ताको भावना र चाहाना अनुरूपको मौद्रिक नीति आएको छ : रौनियार
यो समयमा मैले यसो भनिरहँदा म आलोचितको पात्र बन्छु यो मलाई थाहा छ तर पनि मैले सत्य लुकाउनु हुदैन् मौद्रिक नीतिले पनि त तीन महिनापछि पुनरावलोकन त गर्छ नै । जब अथतन्त्रको स्रोत नै धाराशायी अवस्थामा छ भने अन्य त्यसबाट प्राप्त मात्रै गरिरहने भन्ने कुरा हास्यास्पद हैन र ?
मलाई त ठूलो डर लागेको छ किनकि आजको शेयर बजारको जून कुदाई छ यसले निकट समयमै कुनै ठाउँमा लगेर दुर्घटना बनाउने वाला छ यो प्रस्ट हुँदा हुन्छ कि बजार बढीमा एक महिनासम्म हरियो देखिने हो त्यसपश्चात् उही चैत्र वैशाखको खडेरी जस्तै सुनसान चुपचाप ।
विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्कापक्की भएसँगै शेयर बजारले पखेटा हालेको हो त्योसँगै नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले समेत शेयर बजार अर्थतन्त्रको ऐना हो भनेर बोल्दिनुभयो यो सबै सकारात्मक कुराको प्रभाव सिधै लगानीकर्तामा पर्न गयो , उहाँहरूका उत्साह पैदा भयो साना देखि लिएर ठुला लगानीकर्ता समेत बजारमा फर्किए तर यो सधैँ सम्भव कहाँ छ त नि यो त स्थायित्व हुने आधार बनेन बस्ने हो खै त त्यो आधार बनेको ?
मौद्रिक नीति लचकदार छ,अब अर्थतन्त्रका सबै क्षेत्रहरू चलायमान हुन्छ : सीईओ कोइराला
सरकारले निजी क्षेत्रको लागी बढी सोचेको देखिन्छ तर केही निजी कम्पनी नै फेरि मौद्रिक नीतिमा असन्तुष्ट देखिए । स्रोत र साधन सही ठाउँमा लगानी गरेर त्यहाँबाट आम्दानी बढाउन सकेको खण्डमा अर्थतन्त्र बढ्ने हो । हाल देशको आर्थिक अवस्था मात्रै हैन समग्रमा यहाँको राजनीति नै अस्थिर र अनुत्पादनशील छ तसर्थ यो चुरीफुरी केही महिनाको लागी हो भन्नेमा म चाहिँ प्रस्ट छु ।