काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा अवाञ्छित गतिविधि नहोस् भनेर आवश्यक निर्देशन दिएको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा मन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण आधार स्तम्भ भएको उल्लेख गर्दै यसलाई प्रभाव पार्ने अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको जानकारी गराएका छन् ।
मन्त्री पौडेलले भने, ‘सेयर बढ्नु र मौद्रिक नीतिमा ट्युनिङ मिलेको भन्ने कुरा आएको छ । गलत अर्थमा हस्तक्षेप वा निर्देशन गर्न होइन, सहजीकरण गर्न ट्युनिङ मिलाउनुपर्छ । किनकि अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध स्वभावैले रहनुपर्छ । विदेशी अभ्यासलाई हेरेर पनि लचिलो मौद्रिक नीति आएको हो ।’
अर्थमन्त्री पौडेलले अरूको लहै–लहैमा भन्दा पनि बजारलाई राम्रोसँग बुझेर मात्रै लगानी गर्न आग्रह गरेका छन् ।