काठमाडौं । पूर्ब बैंकर अनिल केशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सोच बोकेर आएको पार्टी भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजना गरिएको वार्षिकोत्सब कार्यक्रममा पार्टी प्रवेश गर्दै उनले यस्तो बताएका हुन् । आज उनलाई पार्टी सभापति रवि लामिछानेले पार्टीको लोगो लगाउँदै पार्टीमा स्वागत गरेका थिए ।

पूर्ब बैंकर शाहले भने ‘रास्वपा नयाँ सोच बोकेर आएको पार्टी हो, हाम्रो इतिहास हेर्नुस्, पहिले राणा शासन गयो, पञ्चायत शासन गयो, धेरैले गणतन्त्र आउँछ र भनेर कल्पना पनि गरेका थिएनन्, तर सम्भव भयो ।’

उनले अहिले रास्वपा आएपछि धेरैले खिसिट्युरी गरेको पनि बताए । रास्वपा नेपाली सबैको पार्टी भएको भन्दै सबैलाई यो पार्टीमा जोडिन उनले आग्रह गरे । ‘अहिले रास्वपा आएपछि धेरैले खिसिट्युरी गरेका छन्’ । उनले भने यो नेपाली सबैको पार्टी हो, युवा होकि होइन भन्दा पनि हामी यो अभियानमा सबै जोडिऔं ।’

कार्यक्रमा बोल्दै उनले आफु बैंकिङमा सफल भएजस्तै सोही किसिमले राजनीतिमा पनि जम्ने र राजनीतिमार्फत् देशको सेवा गर्ने बताए ।  शाहले नेपालमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताए ।

उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।