ए काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मौलाकाली केबलकारको उद्घाटन गरेका छन् । सोमबार प्रधानमन्त्री दाहालले नवलपुरको गैंडाकोटमा निर्माण भएको मौकाली केबलकारको उद्घाटन गरेका हुन् ।
नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि सञ्चालनमा आए पनि बैशाख १८ गते (सोमबार)देखि मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो उक्त केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १४ डब्बा (गान्डोला) छन् । एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ भने फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ ।
मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ । बाँकी ४९ प्रतिशत लगानी स्थानीयको लगानी रहेको छ।