काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संघ संस्थाहरुसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । सिटिजन्स बैंकले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन ।

सिटिजन्स बैंकका ग्राहकहरुले आदर्शनगर, वीरगंजमा अवस्थित क्याफे मोकाका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउने छन् । यसैगरी ब्राहम चोक, वीरगंजमा अवस्थित लक्ष्मी प्याराडाइजका सेवाहरुमा पनि अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन । त्यस्तै आदर्शनगर, वीरगंजमा अवस्थित माल्ट एण्ड माल्ट प्रा.लि. का सेवाहरुमा अधिकतम २० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८४ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४१ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।