काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रोकेको ८ औं कान्तिपुर हिसान एडु फेयर (शैक्षिक मेला) पुनः सञ्चालन हुने भएको छ । मेला असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको हो ।

आज (बिहीवार) काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले कान्तिपुर हिसान एडु फेयर (शैक्षिक मेला) असार ८ गतेबाट पुनः सञ्चालन हुने जानकारी गराएको हो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८,९ र १९ गते मेला पुनः सञ्चालन हुने भएको हो ।

मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिनसक्ने आयोजकले बताएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानूनी ढंगले अवरोध सिर्जना गरी बाधा पु¥याएपछि कानूनी प्रक्रियामा गए उच्च अदालत पाटनका तर्फबाट मेला सञ्चालन गर्न अनुमति दिएसँगै मेला सञ्चालन गर्न लागेको कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले बताए ।

गत जेठ ३२ गते सञ्चालन भएको मेला अनुमति नलिइकन सञ्चालन गरेको भन्दै काठमाडौं महानगरपालिकाले बन्द गराएको थियो ।