काठमाडौं । साताको अन्तिम कारोबारका दिन सेयर बजारमा एकल अंकको वृद्धि भएको छ । उक्त दिन बजार ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा कायम भएको छ।

आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ।

आज बजारमा बढोत्तरी आउँदा ६ उपसूचक हरियाली भएको छ । उक्त दिन कर्णाली डेभलपमेन्ट बैंक, शिभम् सिमेन्ट, घोराही सिमेन्ट इन्डस्ट्री, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स, सर्वोत्तम सिमेन्ट, कुथेली बुखरी स्मल हाइडेपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

उक्त दिन सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब २० करोड ९० लाख ९ हजार रुपैया बराबरको कारोबार गरेको । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको १ करोड ७ लाख ६२ लाख ४६ हजार रुपैयाँ बराबर सहित दोस्रो स्थानमा रहेको छ । भने निफ्राको ९२ करोड ४६ लाख ९३ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ४५ करोड ८७ लाख ११ हजार रुपैयाँ कारोबार भएको हो ।