काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नामको रहेको उक्त शेयर बिक्रिमा ल्याएको हो ।
उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । ३५ दिनभित्र पनि शेयरधनीबाट खरीदका लागि आवेदन नपरेको खण्डमा भने सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनीले काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई निवेदन दिनु पर्नेछ ।