काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो ३ वर्षको यात्रा पुरा भएको अवसरमा आज पत्रकार सम्मेलन गरेका छन् ।

उक्त अवसरमा घिसिङले प्राधिकरणको नेतृत्व गरेदेखि ८२ अर्ब नाफा कमाएको दाबी गरेका छन्। आठ वर्षअघि ३४ अर्ब ६१ करोड घाटामा रहेको प्राधिकरणलाई अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा लगेको घिसिङले बताएका छन्।

यस अवधिमा विद्युत् महशुल तीन पटकमा गरी २५ प्रतिशत घटाइए पनि प्राधिकरणको नाफामा कमी नआएको घिसिङको भनाई छ । उनले भने, ‘५९ लाख विद्युत् ग्राहकमध्ये करिब २२ लाख न्यूनतम शुल्क ३० रुपैयाँ भएका ग्राहकलाई निस्शुल्क ऊर्जा दिएको छ।,

२०७८ साउन २५ गते दोस्रो पटक प्राधिकरणको नेतृत्व लिएका घिसिङले तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको दाबी गरेका छन्।

NEA-MD-three-Years