काठमाडौं । आज साता कारोबारको अन्तिम दिन (शुक्रबार) सुनको भाउ घटेको छ । सुन आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार छापावाला सुन प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रति तोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको भाउ २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।