पोखरा । पोखरामा ड्रागन बोट रेस फेस्टिभल आज (शुक्रबार) देखि सुरु भएको छ । २ दिनसम्म चल्ने नेपाल–चीन फ्रेन्डसिप कार्यक्रमअन्तर्गत बोट रेस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपालस्थित चिनियाँ राजदूतले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन् ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिका कार्यक्रमका आयोजक हुन् ।
रेसका लागि चीनबाटै नेपालको केरुङ नाका हुँदै आठवटा विशेष खालका बोट लगायतका सामग्री ल्याइएको छ ।
पहिले २ सय मिटर र पछि ५ सय मिटर गरी दुईवटा सेगमेन्टमा ८ वटा बोट रेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेतालाई २० लाख नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
चीनबाट बोट रेस तथा प्रशिक्षणका लागि सहभागीहरू पोखरा आएर केही समय अघिबाटै प्रतियोगिताको अभ्यास गरिरहेका थिए ।
नेपाल–चाइना फ्रेण्डसिप ड्रागन बोट फेस्टिवलको पहिलो चरणको खेल सम्पन्न भएको छ । यसमा पहिलो नम्बरमा चीनको सिचुआन ड्रागन बोट टिम रहेको छ । त्यस्तै दोस्रो नम्बरमा नारा ड्रागन बोट टिम (नेपाल), तेस्रोमा युनान ड्रागन बोट टिम (चीन) रहेको छ ।
पहिलो चरणमा विभिन्न ८ टिममा डेढ सय जना प्रतियोगितामा सहभागी थिए ।
तस्बिरहरु:















