पछिल्लो समय पढाइका लागि आकर्षण बन्दै गएको विषय हो ‘आइटी’ अर्थात् सूचना तथा प्रविधि । प्लस टु सकेर बसेका वा पढ्दै गरेका विद्यार्थीको चासो आईटीमा बढी देखिन्छ । तर विद्यार्थीमा अन्योलता भने उत्तिकै छ । आईटीका लागि कहाँ जाने ? कुन कलेजमा पढ्ने ?अन्योलता देखिन्छ । यहीँ अन्योलताकाबीच विद्यार्थीले उपयुक्त कलेज वा शिक्षण संस्थाको पहिचान गर्न नसक्दा पछुुताएका कयौं उदाहरण हामी सामु छ । तर, बेलैमा सही शिक्षण संस्था र सिकाइको उत्कृष्ट प्रणाली पहिचान गर्न सके विद्यार्थीको भविष्य उज्ज्वल बन्ने लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जलान बताउँछन् ।

यस्तो छ आइटी विषयमा चासो राख्ने विद्यार्थीलाई जलानको सुझाव :

प्लस २ सकेर बसेका कतिपय भाइबहिनिहरुले कुन विषय पढ्ने भनेर निधो नै गर्न सकिरहेका हुँदैनन्। मार्केटमा के चलेको छ सोच्छन् र त्यसैको पछि लाग्छन्। तर त्यसरी हुँदैन । तपाइलाई के चाहिएको छ ? तपाइको खुबी केमा छ ? तपाईंको क्षमता के छ ? तपाई के सक्नु हुन्छ ? तपाइले सक्ने कुरा गर्नु पर्यो । भिड कता लागेको छ हामी त्यतै लाग्छौं । अहिले बजारमा धेरै जस्तो के सुनिन्छ भने यो कोर्सको बढी डिमान्ड छ मार्केटमा। खास बजारमा कोर्सको डिमान्ड होइन तपाईंको ज्ञान र क्षमताको हो । सर्टिफिकेटले मात्र केही गर्दैन ।

मानौँ कि तपाईंले सूचना प्रविधि पढ्ने निधो गर्नु भएको छ। तपाईं त्यसको लागि बन्नु भएको हो कि होइन ? तपाईमा त्यो खुबी छ कि छैन ? यदि तपाईं क्रियटिभ र इनोभेटिभ हुनुहुन्छ भने मात्र यो विषय छनोट गर्दा उचित हुन्छ । तपाई लजिकमा कत्तिको किल्लर हुनुहुन्छ, म्याथमाटिक्स अलि अलि मन पर्छ, स्टाट्सहरू मन पर्छ भने तपाईं आइटीमा जानुहोस्। त्यो होइन भने तपाईंको रुचि के मा छ त्यता जानुपर्छ। तपाइले त्यो समीक्षा आफैँलाई गर्नु पर्यो ।

भन्छन् नी, फलानोले वर्षको ५ करोड कमाउँछ । तर यहाँ कसैलाई १० हजारको जागिर पनि धौधौ छ। त्यो भनेको स्किल नपुगेर हो। मानौँ सन्दीप लामिछानेले डाक्टर बन्छु भनेको भए के हुन्थ्यो ? उसमा क्रिकेटको रुचि थियो र त क्रिकेटर बने। अघि भनेकै जस्तै तपाईमा क्षमता छ भने आईटी पढ्नुहोस् नत्र अरु जेमा रुचि छ त्यहीँ विषयमा लाग्नुस् ।

 कलेज कसरी पहिचान गर्ने ?

धेरै जस्तो विद्यार्थी भाइबहिनीहरू सुरुमै आएर सोध्छन् ‘सर कोर्श कत्तिको गाह्रो छ ?’ गाह्रो किन हुन्छ ? तपाईं रेगुलर (नियमित) कलेज आउनु हुन्छ, दिएको क्रियाकलाप सबै गर्नुहुन्छ भने गाह्रो हुनुनै किन पर्यो । तर दिएको क्रियाकलाप त गर्नु पर्यो नि । शैक्षिक क्रियाकलापमा तपाइँलाई कुनै रुचि छैन, मतलब नै भने समस्या त्यहाँनिर हो ।

गाह्रो भन्दा पनि विद्यार्थीको रुचि केमा हो यो महत्त्वपूर्ण पक्ष हो । यसो नभए आइटी मात्रै होइन जुनकुनै विषय पनि कठिन र गाह्रो बन्छ । अर्को शिकाई प्रभावकारिताको पक्ष कस्तो कलेज छानियो भन्नेमा पनि भरपर्छ । यो निकै महत्त्वपूर्ण पनि छ ।
कलेजको पढाई लेखाइ कस्तो छ ? कुन तरिकाले पढाउँछ ? डेलिभरी सिस्टम कस्तो छ ? यो निकै महत्त्वपूर्ण छ ।

अहिले त एजुकेसन फोर, आउट कम बेस लर्निङ्ग प्रणाली आइसक्यो। त्यो भनेको तपाईंलाई के बनाउने त्यो पहिले नै निर्धारण हुन्छ। अनि त्यो अनुसारको करिकुलम बनाएर पढाइन्छ। हो, विद्यार्थीले यस्तो कलेज छनोट गर्नुपर्यो ।  तरकारी के पकाउने हो ? पहिला निक्र्योल गर्नुपर्यो । त्यसपछि कसरी पकाउने ? मरमसला के कति राख्ने ? स्वाद कस्तो बनाउने भन्ने पछिको कुरा हो । हाम्रो समस्या के छ भने शैक्षिक करिकुलममा भएभरका सबै चिजबिज एउटै बाकसमा जबरजस्त गोलमटोल गरि राखिदिएका छौं । शिकाईको पनि आफ्नै प्रोसेस हुन्छ नी ।

अघिकै उदाहरण तरकारी पकाउनका लागि पनि एउटा विधि वा पद्दती छ नी । पहिला तेल हाल्ने कि, जिरा–धनिया हाल्ने ? हरियो खुर्सानी, लसुन कतिखेर हाल्ने हो । अब पहिले नै पनिर हालेर पकाउन थालियो भने अवश्य पनि त्यो तरकारीको स्वाद त्यति स्वादिस्ट नहोला। हो, पढाईको पनि एउटा आफ्नै प्रोसेस छ । त्यो भनेको शिकाईलाई कसरी प्रभावकारी बनाउने भनेर अपनाइने पढाइको पद्दती हो ।

विद्यार्थीलाई कसरी पढाउने ? के पढाउने ? एजुकेसन फोर, आउट कम बेस लर्निङ्ग प्रणाली जुन छ, यो नै अहिलेको उत्तम र संसारभरी चलिरहेको शिकाई प्रणाली हो । त्यो मैले कहाँ पाउँछु ? यो प्रणालीमार्फत कुन कुन कलेजले पढाउछ ? विद्यार्थीले जानकारी राख्नुपर्छ । डिग्रीको सर्टिफिकेटलाई मात्र भन्दा पनि शिकाई र स्किललाई विचार गरेर विद्यार्थीले कलेज छान्नुपर्छ भन्ने मलाई लाग्छ ।

आईटीका लागि लर्ड बुद्ध एजुकेशनल फाउन्डेसन 

अहिले भइरहेका सबै खालको कार्यक्रमहरू हामीले यहाँ समावेश गरेका छौँ । बीएसी आईटी, बीएसी क्लाउडिंग, खासगरी ईन्जिनियरिङमा दुई वटा विषयमा आइटी कार्यक्रम पढाइ भइरहेको छ । एउटा साइवर सेक्युरिटी भयो अर्को नेटवर्क । यी सबै कुराहरूलाई हामीले समावेश गरेका छौँ ।

यसका साथै सिस्टम अप्लिकेशन प्रणाली भन्ने छ जुन निर्माण कम्पनीहरूमा धेरै प्रयोग भइरहेको छ। त्यो पनि हामीले चलाइरहेका छौ। जुन नेपालमा तालिम पाउन पनि निकै गाह्रो छ । बिएसी आइटी कार्यक्रम भित्र छ त्यो । जुन यहाँ ट्रेनिङ पनि पाउन गाह्रो छ । हामीले भारतबाट कनेक्ट गरेर भर्चुअल लाइभहरू मार्फत शिकाउँदै आएका छौं । बाहिरबाट मान्छे झिकाएर यहाँ ट्रेनिङ नै पाउन गाह्रो छ । एकेडेमीको त कुरै छोडौँ ।

त्यस्तै अर्को बीबीएम ई–बिजनेस प्रोग्राम छ । जस्तो अनलाइन बिजनेस गर्ने दराज लगायतका ई–कमर्स, प्लस फिनटक कम्पनीहरूलाई यस्तो म्यानपावर चाहिन्छ । अहिले उनीहरूको डिमान्ड धेरै नै हाई छ । मान्छेले त्यो कुरा बुझेका छैनन् । सामान्य मान्छेले बीबीए पढे हुन्छ ? बीबीए पढेर गर्नु के हुन्छ ? त्यही नामका पछाडि जान्छन् । भित्र गुदी के हो, भित्र कन्टेन्ट के हो त्यो हेर्नुपर्यो । तर त्यो हेर्दैन ।

बीबीएम ई–बिजनेस जसमा हामीले खल्तीसँग सहकार्य गरेका छौँ । उसले हाम्रा विद्यार्थी भाइबहिनीहरुलाई दुई वर्ष जब दिन्छ । एक वर्ष इन्टनसिपको रूपमा अर्को एक वर्ष जबको रूपमा । त्यो इन्टनसिपको पार्ट हुन्छ । यसरी दुई वर्ष तपाईले खल्तीमा काम गर्न पाउनुभयो भने त जब सुरक्षित भयो । यस्तै अरू कम्पनीहरुमा पनि जान सक्नुहुन्छ । यसरी तपाईँलाई फाइदै फाइदा छ नी। तर हामी त्यो सोचमा जाँदैनौ हाम्रो कन्सेप्टमा नै किलिअर छैन ।

पीसीपीएसमा केके विषयमा पढाई हुन्छ ?

पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) मा बीएसी कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ भन्ने कार्यक्रम चलाएका छौं । यो कार्यक्रम अन्तर्गत प्रोग्रामर पनि बन्न मिल्यो, सफ्टवेयर टेस्टिङ इन्जिनियर पनि पढ्न मिल्यो । यसको पनि बजारमा राम्रो डिमान्ड छ। यो लेबलमा विभिन्न रिलेटेड सेक्टरसँग फोक भएर पढाई हुन्छ । आईटिको काम गर्नपनि मिल्यो तर अब आईटीमा आफूलाई पोख्त बनाउनु आवश्यक छ । यसो भयो भने आइटी धेरै बिक्छ यसको सेक्टर ठुलो छ ।

बीबीएम ई–बिजनेस कोर्ष

बीबीएम ई–बिजनेस भनेपछि यो तपाईको ईलेक्ट्रोनिक बिजनेस मार्केट हो । जुन क्षेत्रको दायरा पछिल्लो समय निकै बढ्दै गइरहेको छ । कोभिडले हामीलाई अनलाइन बिजनेस, अनलाईन कारोबारमा निकै अभ्यस्त बनायो । अनलाइन बिजनेसहरू फाइनान्सियल अनलाइन ट्रानजेक्सनहरुको मार्केट बढ्दै गएपछि सोहीँ क्षेत्रको म्यानपावरको माग बढेर गएको छ ।

अहिले अरू विषय पढेको बच्चालाई समेत यो सिकाउने काम भइरहेको छ । तर त्यही विषयमा मानिसले सबै काम गर्दै आयो भने त बढी दक्षता हासिल गर्छ । उसले जनरल एजुकेसन पनि सिक्यो, इलोक्ट्रोनिक बिजनेस पनि सिक्यो । सो उसले चाह्यो भने नर्मल बिजनेस हाउसमा पनि जान सक्छ । इलोक्ट्रोनिक बिजनेसमा पनि जान सक्छ । तर इलोक्ट्रोनिक बिजनेसको मार्केट ठुलो छ । दराजहरू जस्ता कम्पनी आइसके ।

त्यस्ता अरू अनलाइन बिजनेसका कम्पनीहरू एकपछि अर्को आइरहेका छन् । तपाई आफ्नै बिजनेस पनि सुरु गर्न सक्नुहुन्छ । किन भने तपाईँलाई नलेज छ । त्यो लेबलको प्रोग्राम भएकाले मेरो विद्यार्थीहरूलाई अनुरोध सल्लाह सुझाव केछ भने तपाईँहरूले यो प्रोग्राम एड गर्नुभयो भने तपाईले लाइफमा सुरक्षित हुनुहुन्छ । यदि सुरक्षित चाहन्छु भन्ने लाग्छ भने यो प्रोग्राम तपाईँका लागि वरदान साबित हुनसक्छ । तर तपाई यसमा लाग्नुपर्यो ।

के हो क्लाउड इन्जिनियरिङ विषय ?

अहिले तपाई हामी सबैले सुन्ने गरेका छौं आई क्लाउड, सामसुङ क्लाउड, स्टोरेज स्पेस । यसको लागि अहिले ठुलो काम भइरहेको छ । क्लाउड इन्जिनियरिङ र डेटा साइन्स । अज डेटा साइन्सको लागि हाम्रो नेपालमा अहिले पुगेको छैन । भारतमा पनि लो लेबलमा काम भइरहेको छ । सिनियर लेबलमा छ तर लो लेबलमा छैन । अहिले क्लाउडमा चाँही धेरै काम भइरहेको छ । क्लाउड इन्जिनियरिङमा हामीले काम सुरु गरेका छौँ । यसमा हामीले अमेजनको एडब्लुएस वेब सर्भिसेससँग सर्भिस लिंक गरेका छौं । उनीहरूसँग हामी पाट्नर पनि छौँ ।

यदि विद्यार्थीले चाहेमा अमेजन वेब सर्भिसमा पनि अनलाइनबाट इन्टर्नसिप गर्न सक्छन् । वेब सर्भिसरले उनीहरूलाई जव पनि दिन सक्छ । अहिले परक देशहरूमा उनीहरूको म्यानपावर त्यही राखेर अनलाइनबाट काम गराउने गरेको छ। हामीसँग त तुलनात्मक रूपमा म्यानपावर सस्तो छ । त्यस्तो अमेजन जस्तो कम्पनीमा तपाईले काम गर्न पाउनुभयो भने त के चाहियो र । त्यो अप्सनहरू क्लाउड इन्जिनियरिङले उपलब्ध गराउँछ । त्यसरी हामीले अगाडि बढाएका छौँ ।

निरन्तर मुल्यांकन

अर्को भनेको हाम्रो पाठ्यक्रमले निरन्तर मुल्यांकनको सिस्टम फलो गर्छ । दिनदिनै उनीहरूलाई केही न केही काम दिन्छौँ र दिनदिनै उनीहरूको मुल्यांकन पनि भइरहेको हुन्छ । हाम्रो पुरानो सिस्टम होइन कि, ३६५ दिन घोकायो अनि एकचोटी जाँच देऊ । त्यसरी हुँदैन। तपाईले मजाले पढ्नुहोस् र निरन्तर तपाईको मुल्यांकन पनि भइरहेको हुन्छ । तथापि, कुनै समस्याका कारण तपाईको एउटा जाँच छुट्यो तुरुन्त फेरि त्यसको लागि मौका दिइन्छ । त्यो भनेको तपाईको मुख्य त नलेजको क्षमता कस्तो छ त्यो मुल्यांकन गर्ने हो । एक दिनमा एउटा जाँचले नलेजको मुल्यांकन हुँदैन । तपाईले हरेक पारामिटरबाट फरक फरक जानु पर्छ। त्यो हामीले फलो गरिरहेका छौँ ।

लर्ड बुुद्धमा मात्र होइन हामीले पीसीपीएसमा पनि यहीँ सिस्टम फलो गराइरहेको छौं । उस्तै कोर्सहरूको कुरा गर्दा लेटेस्ट जुनजुन कोर्सहरू छन् र जुन तरिकाबाट पढाउनु प¥यो त्यसको उपलब्धता हामीसँग छ । हामीले परिक्षामा पनि कुनै थेवरी नभएर प्रयोगात्मक प्रणालीमार्फत नै विद्यार्थीको मुल्याङ्कनको व्यवस्था गरेका छौं । यो भिन्नै खालको टेस्ट हो ।
उसो त यो विश्व विद्यालयको नियम पनि हो ।

यसलाई हामी इन्टरनेशनल एजुकेशन प्याटर्न भन्छौं । डेलिभरी सिस्टमको पार्ट जुन छ त्यो धेरै बलियो छ । यसले हाम्रा विद्याथीहरु स्किल फुल भएर निस्किन्छन् । त्यो अरू जस्तो होइन, शिकाईपछि विद्यार्थीले मार्केटमा गएर मजाले काम गर्न सक्छन्। थप हामीले उसलाई इन्डस्ट्री एक्सप्लोजर पनि दिन्छौं ।

अर्को राम्रो पक्ष हरेक छ महिनामा हामीले प्लेसमेन्ट एण्ड इन्टर्नसिप ड्राइभ भनेर गछौँ । जसमा विभिन्न कम्पनीहरू आएर उत्कृष्ट बच्चाहरु छानेर लैजान्छन् । हामीले हाम्रा विद्यार्थीहरुलाई त्यसको तयारी पनि गराउँछौं । केही विद्यार्थीले यहाँको आइडिया लिएर आफ्नै कम्पनी सुरु गरेका पनि छन् । कतिपय त्यहीँ जब होल्डर पनि भएका छन् । कतिपयले त्यस्तै सिमिलर कम्पनी अरू ठाउँमा काम पाएका छन् । अहिलेको समयमा खाली सर्टिफिकेट दिएर पुग्दैन उनीहरूलाई सही बाटो देखाइदिनु पर्यो, टेक्निकल कोर्स हो । यत्ति हो उनीहरुलाई स्किल फुल बनाइदिनु प¥यो, नलेज डेप्लोप गराईदिनु पर्यो त्यसपछि बजारमा सहजै बिक्छन् । त्यो हामीले गरिरहेका छौँ ।

नेपालमा आईटिको भविष्य

पछिल्लो समय आईटीको तीब्रतर विकास भएको छ । कतिपय सफ्टवेयरहरू हामीले नै बनाई सक्यौँ । बवस्तारै विकाश भइरहेको छ । तर अझैं हामीले अरू देशहरूसँग प्रतिस्पर्धा गर्न सकेका छैनौँ । भनौँ अहिले पनि हामी सफ्टवेयर तिर मात्रै छौँ । हार्डवेयरतर्फ त छोएको पनि छैनौं । आईटीमा राइज गर्न सफ्टवेयरसँगै हार्डवेयर पनि उत्तिकै दख्खल चाहिन्छ । तर सुरुवात चाँही सफ्टवेयरबाट नै हुन्छ । हामीले अलिकति त्यसलाई सकारात्मक रूपमा अगाडी बढाएर लिँदा भविष्य राम्रो छ । हाम्रा यहाँका म्यानपावरले राम्रै दक्खल राख्छन् ।
उनीहरुलाई नलेजमा र स्किलमा पनि राम्रो क्षिक्षा दिन सक्यौं भने अझ राम्रो म्यानपावर निस्कन सक्छन्। तर सँगै व्यवसायिक वातावरण पनि दिनुपर्ने हुुन्छ । ताकी उनीहरूलाई नेपालमा नै बसेर केहीँ गरौं भन्ने उत्प्रेरणा जागोस् । अर्कोपक्ष नेपाल आईटीको संभावना देखाउन सकियो भने विदेशमा गएका विद्यार्थी पनि स्वदेश फर्किन सक्छन् । उदाहरणका लागि महावीर पुनलाई नै हेरौं न । आईटी क्षेत्रको सुधारमा लाग्ने हो भने नेपालले पनि छिट्टै फड्को मार्न सक्छ भन्नेमा दुुई मत छैन ।
पछिल्लो समय आईटीमा अनलाइन बिजनेसहरू पनि राम्रो भइसक्यो । फिन्टेक कम्पनीहरू सबै लोकल आफ्नै छ। सफ्टवेयरहरू सबै आफ्नो भइसके । एकाउन्टिन सफ्टवेयर सबै आफ्नो छ । बैंकिङको आफ्नै छ, एयरलाइन्सको सफ्टवेयर आफ्नै छ, होटलहरुको सफ्टवेयर आफ्नो छ, मेडिकलहरूको पनि आफ्नै छ । यो सब सकारात्मक पक्ष हो । त्यस्तै टिचिङको पनि एपहरू आई सक्यो । त्यो पनि हामीले लोकल बनाइसक्यौँ । यसले गर्दा आइटी सेक्टरमा झनै ठुलो सम्भावना देख्छुु म त।