काठमाडौँ –सानिमा बैंकले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयर धनीले आफ्नो नाममा रहेको १ लाख १५ हजार ३८० कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी कायम गरी बोलपत्र पेस गर्नुपर्नेछ।
बैंकको उक्त शेयरमा विद्यमान संस्थापक सेयर धनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।