काठमाडौं । सरकारले अन्ततः टिकटमाथीको प्रतिबन्ध हटाएको छ । बिहिवार बसेको मन्त्रीपरिषदको बैठकले प्रतिबन्ध हटाएको हो।
शर्तसहित टिकटक खोल्न दिने नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय भएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ्गले जनाएका छन् ।
सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले प्रस्ताव तयार गरेको थियो ।
यो निर्णयसङ्गै सन्चार मन्त्रालयले दूरसन्चार प्राधिकरणलाई पत्र लेख्छ । सो पत्र पाएपछी प्राधिकरणले टिकटकमाथी लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया अघि बढने भएको छ ।
टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको निष्कर्ष निकाल्दै प्रचण्ड नेतृत्वको सरकारले प्रतिबन्धको निर्णय गरेको थियो । सरकारले बारम्बार प्रयोगकर्तालाइ सभ्य बन्न आग्रह गर्दा र टिकटकका प्रतिनिधिलाई पनि बोलाएर छलफल गरेपनि टिकटक झनै छाडा हुन थालेपछि बन्द गरेको जनाएको थियो ।
टिकटकमा प्रतिबन्ध लगाउने देशको संख्या हाल २७ पुगेको छ। बेलायत, अमेरिका, न्यूजिल्यान्ड, क्यानडा, ताइवान, बेल्जियम, डेनमार्क, पाकिस्तान, अफगानस्तान, भारत, सोमालिया, अर्मेनिया, अजरवैजान, बंगलादेश, ईरान, जोर्डन, अष्ट्रिया, ईस्टोनिया, फ्रान्स, आयरल्यान्ड, लाटभिया, माल्टा, नेदरल्यान्ड, नर्वे र अष्ट्रेलियामा टिकटक प्रतिबन्ध छ ।








