काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा रोजगारी खुलेको छ । बोर्डले विभिन्न पदका लागि ६ जनाको दरखास्त आह्वान गरेको हो ।
आज एक सूचना प्रकाशन गर्दै बोर्डले सहायक निर्देशक वरिष्ठ सहायक र सहायक पदको प्रशासन समूहतर्फ खुला तथा समावेशी कोटामा आवेदन खुलाएको हो ।
तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले बोर्डको वेबसाइटमा रहेको करिअर ट्याबमा क्लिक गरी अनलाइन माध्यमबाट दरखास्त आवेदन दिनु पर्नेछ । आवेदन दिने अन्तिम मिति भदौ २७ गते रहेको छ भने दोब्बर दस्तुर तिरी असोज ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।









