काठमाण्डौ। नेपाली बजारमा आज फेरि सुनको मूल्यमा गिरावट आएको छ । यता अमेरिकीदलरको मूल्यमा बृद्धि हुदाँ सुनको मूल्यमा गिरावट आएको हो ।

अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुनको मूल्य# आज ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको छ ।