काठमाडौँ। नेशनल लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीको ३६ औँ वार्षिक सभा आज सभ्य ढङ्गले सम्पन्न भएको हो ।

कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको अध्यक्षता भएको उक्त साधरणसभाले गत आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्ता पुँजीको कुल १४ प्रतिशत लाभांश पारित गरेको छ । जसमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी १० प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै सभाले गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन, अध्यक्षको वार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्तिको प्रस्ताव गरेको छ ।

उक्त सभामा आफ्नो भनाई राख्ने दर्जन बढी शेयर धनीले साधारण सभा ढिला भए पनि लगानीकर्तालाई राम्रो प्रतिफल दिएकोमा सञ्चालक र व्यवस्थापनलाई धन्यवाद दिएका थिए । यस आर्थिक वर्षमा पनि लाभांश अझ बढ्ने आशा राखेको लगानीकर्ताको भनाई छ ।