काठमाडौँ । तनहुँको आँबुखैरहनीमा बस दुर्घटना भएको छ। केही बेरअघि मात्र ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

साढे ११ बजेतिर बस मर्स्याङ्दीमा खसेको सूचना प्राप्त भएको र घटनास्थलमा प्रहरी पुगिसकेको तनहुँ प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पोखरादेखि काठमाडौँका लागि छुटेको बसमा सम्भावित ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । साथै हालसम्म २८ जनाको भने सकुशल उद्धार गरिएको र मानवीय क्षतिको विषयमा कुनै जानकारी हुन नसकेको प्रहरीले जानकारी दिएको छ।

बस खोलामा खसेको भन्ने सुन्नमा पाइएको छ  तर के कति कारण क्षति भएको हो पुरा जानकारी आएको छैन, प्रहरीको टिम घटना स्थलमा पुगिसकेको छ एक प्रहरीले आर्थिक भ्वाईसलाई जानकारी दिए ।