काठमाडौँ । तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा १४ जनाको घटना स्थलमै मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत उक्त स्थानमा भएको दुर्घटनामा समाचार तयार पार्दाको समय ९ १ः ३०० सम्म १७ जना यात्रुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटको यात्रुवाहक  आज बिहान मर्स्याङ्दी नदीमा खसेको हो । प्रहरी प्रवक्ता दिपक कुमार राय अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ। मृत्युहुने र घाईते कसैको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

कास्कीको पोखराबाट काठमाडौँका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् ।

बसमा भारतीय नागरिकहरू रहेका भन्ने जानकारी भएपनी बसमा ४० जना नै थिए वा त्यो भन्दा घटिबढी भन्ने विषय प्रस्ट हुन नसकेको रायको भनाई छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।