काठमाडौँ । यस साता शेयर बजारमा तीन दिन मात्रै कारोबार भएको छ । लगातार भएको दुई दिन सार्वजनिक बिदा परेको कारण यस साता २ दिन तीन तीन दिन मात्र सेयर कारोबार भएको हो ।
यस साता भएको तीन कारोबार दिन नेप्से सूचक २६.३५ अंकले घट्दै २९७४.४६ विन्दुमा बन्द भएको छ । अघिल्लो हप्ता नेप्से सूचक २३४.४३ अंकले बढेर ३ हजारमाथि पुगेको थियो ।
यस साताको पहिलो कारोबार दिन आइतबार नै ३४.४७ अंकको गिरावटसँगै खराब सुरुवात गरेको नेप्से सूचक भदौ ६ गते ६.०१ अंकले बढेको थियो । यसबिचमा ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता भने १ खर्ब २५ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
अघिल्लो हप्ताको अन्तिम कारोबार दिन ४७ खर्ब ६५ अर्ब ९० करोडमाथि पुगिसकेको मार्केट क्यापिटलाइजेशन यो सात ४७ खर्ब २४ अर्ब ५ करोड ९० लाख रुपैयाँमा झरेको छ ।








