काठमाडौं। जीवन बीमा कम्पनीहरुले गत वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा २२.३२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यिनीहरुले ४ अर्ब १४ करोड नाफा आर्जन गरेका थिए ।
लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको जनाइको छ । यिनीहरुको लगानीबाट हुने आम्दानी २२.८८ प्रतिशत बढेर ४३ अर्ब ९ करोड पुगेको छ । खुद बीमा शुल्क संकलन १४.७५ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब पुगेको छ . ५८ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको जीवन बीमा कम्पनीहरुको रिटेन्ड अर्निङमा ११ अर्ब ८० करोड छ ।
सरकारको गलत कर नीतिका कारण बीमित मारमा,बोनसलाई खर्चको रूपमा देखाउन माग
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) को रिटेन्स अर्निङ अरु जीवन बीमा कम्पनीको भन्दा धेरै रहेको छ । यस कम्पनीको उक्त शीर्षकमा २ अर्ब ५८ रुपैयाँ भन्दा धेरै छ । हिमालयको १ अर्ब ४२ करोड, आइएमईको १ अर्ब २ करोड रुपैयाँ रिटेन्ड अर्निङमा छ । रिलायबल, सानिमा रिलायन्स, नेसनल लाइफको पनि रिटेन्ड अर्निङ १ अर्ब भन्दा धेरैको छ ।
यता, सबै भन्दा कम रिटेन्ड अर्निङ एशियन लाइफको देखिएको छ । यसको ३४ करोड ९ लाख रुपैयाँ रिटेन्ड अर्निङमा रहेको छ ।
रिटेन्ड अर्निङ कसको कति ?









