काठमाडौँ । पाँच वटा रेमिट्यान्स स्वतः खारेज भएका छन् । नेपाल राष्ट्र बैंकले निकालेको सूचना अनुसार विभिन्न ५ वटा रेमिट्यान्स भए खारेज भएका हुन् ।

ग्लोबल माउन्टेन रेमिट, राम्रो रेमिट, संसार रेमिट, ललित मनि ट्रान्सफर र माक्स मनि ट्रान्सफर प्रा.लि.खारेज भएको हुन् ।बैंकबाट विप्रेषण कारोबार गर्न इजाजत पत्र प्राप्त गरेका रेमिटेन्स कम्पनीहरूको इजाजत पत्र नेपाल राष्ट्र बैंक, विप्रेषण नियमावली, २०७९ (प्रथम संसाधनसहित) को विनियम १३ को उप विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग)बमोजिम स्वतः खारेज भएको हो ।

विप्रेषण कारोबारको सिलसिलामा ५ वटा कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र जानकारी गराउन पनि सर्वसाधारणमा राष्ट्र बैंककले आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंक, विप्रेषण नियमावली, २०७९ (प्रथम संसाधनसहित) को विनियम १३ को उपविनियम (८) बमोजिम यो सूचना प्रकाशन गरिएको राष्ट्र बैंकले बताएको छ ।