काठमाडौँ । झापामा १५ वर्षीया नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको अर्जुनधारा नगरपालिका-५ मा किशोरीलाई सात जनाले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रवार राति ती युवाले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ। भने घटनामा संलग्न एक जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
बलात्कारको घटनामा संलग्न आरोपमा अर्जुनधारा नगरपालिका-५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा-८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेका छन्। अर्जुनधारा-८ का १९ वर्षीय सुनिल राजवंशी र सुदीप श्रेष्ठ र सुजन डाँगीलाई पनि पक्राउ गरिएको छ।
उनीहरूले शुक्रवार राति अर्जुनधारा-८ नयाँ बजारस्थित बाख्रा हाटको फलैँचामा ती बालिकालाई बलात्कार गरेका थिए। पीडित बालिकाको उपचार भइरहेको छ।








