काठमाडौँ । ठुलो परिमाणमा लागु औषध कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् । १ किलो ८८ ग्राम कोकिनसहित ती विदेशी नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक बारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्युरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक होटेलबाट पक्राउ गरेको हो ।
इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौँ आएका थिए । बरामद कोकिनको बजार मूल्य ३ करोड ८० लाख बराबर हुन्छ । पक्राउ परेका विदेशी नागरिकमाथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको छ।








