काठमाडौं। संखुवासभामा काम गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हवलदार पुरुषोत्तम निरौलाको निधन भएको छ ।
सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ घर भएका निरौला केही वर्षदेखि सङ्खुवासभाको मादी नगरपालिका–२ प्रहरी चौकी मंगलबारेमा कार्यरत थिए ।
शनिवार दिउँसो ड्युटी गर्दागर्दै अचानक बेहोस भएका सहायक हवलदार निरौलालाई तेह्रथुमको बसन्तपुरस्थित स्वास्थ्य चौकी लैजाने कममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख घनश्याम श्रेष्ठले जानकारी दिए।
मृतक हवलदार निरौलाको शव सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आइतबार पोस्टमार्टम गरिएको छ। पोस्टमार्टमपछि मृतकको शव आफन्तलाई बुझाउने प्रहरीले तयारी गरेको छ।








