काठमाडौँ। सांसद लेखनाथ दाहालले डेडिकेडेट ट्रंकलाइन विवादको छलफल लेखा समितिमा पटक-पटक उठ्नु आश्चर्य जनक रहेको बताएका छन् ।
आइतबार सार्वजनिक लेखा समितिमा भएको छलफलमा सांसद दाहालले ट्रंकलाइन विवादमा निर्णय बनिसकेको भएपनी किन पटक पटक विषय उठाएको भन्दै प्रश्न प्रश्न गरेका छन् । अन्य धेरै विषय हुँदाहुँदै डेडिकेडेट ट्रंकलाइनको विषयमा सार्वजनिक लेखा समितिमा पटक-पटक उठाउन नहुने दाहालको धारणा छ।,
यसअघि नै सार्वजनिक लेखा समितिले उपसमिति बनाएर एउटा निर्णय दिइसकेको छ। यसमा हामीले यस अगाडिको निर्णय कार्यान्वयन किन हुन सकेन भनेर निर्णय गर्न सकेनौं ? भनेर प्रश्न गर्नुपर्नेमा पुनः छलफल गरेर हुँदैन, दाहालले भने, सबै निकायले बक्यौता रकम उठाउन भनेकोले सो रकम जसरी पनि उठ्नुपर्ने उनको धारणा छ ।








