काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। निरन्तर रूपमा बढेको पुजी बजारमा आज करेन्सन आएको हो ।

नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा कायम भएको छ । यस दिन ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड बढीको कारोबार भएको छ ।

आज फाइनान्स उपसमूह १.०८ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहमा भारी गिरावट आएको छ । नेप्से उच्च अंकले घटेसँगै आज नेप्सेमा सूचीकृत १८४ वटा कम्पनीहरूको शेयर भाउ घटेको छ ।

आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ । आज मन्दाकिनी हाइड्रोपावर, १०.२५ प्रतिशत केबिएल डिबेन्चर २०८६, कुथेली बुखरी स्मल हाइड्रोपावर, १०.२५ प्रतिशत एसबिएल डिबेन्चर २०८३, १०.२५ प्रतिशत  शेयरमूल्य घटेको छ ।