काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ७९.८८ अंकले घटेर २८९४.५७ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।

बजार ओरालो लाग्दा आज सबैभन्दा बढी अपी पावर कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ८४ करोड ४५ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै हिमालयन रिइन्स्योरेन्सको ७३ करोड ३१ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स दोस्रो स्थानमा रहेको

त्यस्तै उक्त दिन शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको ५१ करोड ९५ लाख ७९ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १६ लाख ८८ हजार रुपैयाँ शिभम् सिमेन्टको ३२ करोड १८ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।