काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले राजीनामा दिएका छन् । उनले ७ गते शुक्रवारका दिनदेखि लागु हुनेगरि राजीनामा दिएका हुन् ।

फुयाँलले दोस्रो कार्यकाल सुरु नहुँदै पदबाट राजिनामा दिएका छन् । उनको राजिनामा  सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । फुयाँलको कार्यकाल यही भदौं ६ गते सकिएको थियो ।

बीमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले चार बर्षयता आईएमई लाइफलाई नेतृत्व दिँदै आएका थिए । उनकै कार्यकालमा आइएमई लाइफ आईपीओ प्रिमियममा ल्याउने पहिलो जीवन बीमा कम्पनी बन्न सफल भएको थियो । साथै यो बिचमा कम्पनीले ब्यापार र वित्तिय सूचकमा पनि उल्लेख्य फडको मारेको छ।

सरकारको गलत कर नीतिका कारण बीमित मारमा,बोनसलाई खर्चको रूपमा देखाउन माग