काठमाडौँ। सांसद स्वर्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा नगद जरिवाना गराउनु उपयुक्त हुने बताएका छन् ।
आज बसेको अर्थ समितिको बैठकमा विश्वव्यापी रूपमा नै यस्तो मान्यता रहेको उल्लेख गर्दै नेपालमा पनि यसलाई फलो गर्न आवश्यक रहेको सुझाव दिएका छन् ।
सानो कसुर गरेको खण्डमा पनि ठुलो कारबाही हुन्छ । ‘कसुर गर्ने पक्राउ पर्छ, कानुनको फन्दामा आउँछ । पेनाल्टी हुन्छ,त्यो यति चर्को हुन्छ की उ त्यस्तो दुष्कर्म गर्न तर्फ लाग्दैन’ उनले भने
सबैतिर कडा गर्न सकिँदैन । सबै तिर प्रहरी लगाउन सकिँदैन । दोषी पाइएमा कडा भन्दा कडा कारबाही गरौँ । ताकी डराएर नै उसले नराम्रो काम नगरोस् ।’ यो व्यवस्था अन्य देशमा लागू भएको र अहिले नेपालमा पनि यो आवश्यक भएको डा. वाग्लेको भनाई छ ।








