काठमाडौँ । सरकारले भोलि सोमबार १० गतेका दिन सार्वजनिक बिदा दिने भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।

सरकारले सोमबार बिदादिएसँगै शेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द रहने भएका छन्।

अब शेयर बार मङ्गलवार मात्रै खुल्ने भएको छ । अघिल्लो हप्ता तीन कारोबारका दिन खुलेको बजार यस साता चार कारोबारका दिन खुल्ने भएको हो । साथै केही बैंकले भने सार्वजनिक बिदाका दिन समेत आफ्नो नियमित सेवा दिने भएका हुन् ।