काठमाडौँ। आर्थिक पत्रकार विक्रम सुनार र सर्वप्रिय गायिका प्रीति आलेको आवाजमा रहेको ‘निगाली झाँपो’ सार्वजनिक भएको छ । आर्थिक क्षेत्रका सक्रिय पत्रकार सुनारको ‘निगाली झाँपो’ बोलको गीत शनिवार कमल थापा युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गायिका प्रीति आले र सुनारको स्वर रहेको उक्त रत्यौली गीतमा मनोरञ्जन सहित सामाजिक दृष्टिकोणको प्रश्न समेत समेटिएको सुनारको भनाई छ । अर्थ क्षेत्रमा पत्रकारीताका साथै सांगेतिक क्षेत्रमा सक्रिय रहँदै आएका सुनारले यसअघि पनि आफ्ना केही गीतहरू बजारमा ल्याइसकेका छन् ।

‘निगाली झाँपो’ को गीतमा लय,शब्द सृजना कलाकार भुवन बिकेको रहेको छ । गीतमा भुवन बिकेले नै संगीत संयोजन गरेका छन् । ‘निगाली झाँपो’ को मुख्य अभिनयमा कलाकार अस्मिता रनपाल, यशु भट्टराई, अजय बिके, भुवन बिके, विक्रम सुनार लगायतका कलाकारलाई देख्न सकिन्छ ।

गीतको। म्युजिक भिडियो निर्देशन भने कमल थापाले गरेका छन् , छायाङ्कन सुमन थापा तथा विकास थापाले गरेको उक्त भिडियो सम्पादन सुमन थापाले गरेका हुन । कमल थापा युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतलाई लिएर सकरात्मक प्रतिक्रिया आइरहेको गायक सुनारले जानकारी दिएका छन् ।